राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित, सबैभन्दा धेरै मतदाता मधेसमा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ ।

अन्तिम मतदाता नामावली अनुसार प्रदेश सभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा छ । मधेसमा प्रदेश सभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।

त्यस्तै कोशीमा ९३, बागमतीमा ११०, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ४० र सुदूरपशिम प्रदेशमा ५२ गरेर कुल मतदाता संख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १६:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया