आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक बिदा

सुदूर पूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा वृहत् सांस्कृतिक कार्यक्रम गरी आज राष्ट्रिय भक्का दिवस मनाइँदै छ । दिवसको सन्दर्भमा झापाका तीनवटा स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । 

भक्का झापाका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसलाई भाका भन्ने गर्दछन् । २०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले २९ पुसलाई राष्ट्रिय भक्का दिवसको रूपमा मनाउने घोषणा गरेयता हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ । 

भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय बिदासमेत दिएका छन् । दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ । ठाउँ–ठाउँमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएका छन् । 

आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्दैछ, सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमेत सहभागी हुँदै छन् । 

राजवंशीको विशेष परिकार भए पनि जाडोयाम सुरु भएसँगै चोक–चोकमा बिहानबेलुका भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रूपमा खाने चलन बसेको छ ।   





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १०:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया