झापामा बेलुन फुलाउने मेसिन विस्फोट : एकजना गम्भीर घाइते

झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेसिन विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिक ५५ वर्षीय गणेश सहनी घाइते भएका प्रहरीले जनाएको छ ।

घटनामा परी सहनीको शरीरको तल्लो भाग क्षतविक्षत भएको सो वडाका वडाध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिए ।

उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । उनका अनुसार घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन ।

सहनी हरेक समारोहमा बेलुन फुलाउने काम गर्दै आएका थिए । भारतको सिलिगुडीबाट उनलाई सोही कामको लागि ल्याइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १३:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया