राष्ट्रिय सभा निर्वाचन : मधेसमा गठबन्धनको ‘क्लिनस्विप’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेसमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । 

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् । एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेसमा कुल मतभार १० हजार ८ सय ३९ छ । 





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १७:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया