इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार

भारत र इंग्ल्याण्डबीचको पाँच टेष्टको शृंखलाको पहिलो खेलमा इंग्ल्याण्डले २८ रनले विजयी भएको छ । यो जितसँगै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । 

हैदरावादको राजीव गान्धी स्टेडियममा भएको यो खेल चार दिनमै सकिएको हो । तर, यो हार भारतीय टोलीका लागि निकै लज्जास्पद छ । खेलको चौथो इनिङ्समा भारत दुई सत्रमा अलआउट भयो।

यस खेलमा इंग्ल्याण्डले पहिलो इनिङ्समा २४६ रन बनाएको थियो । जवाफमा भारतले ४३६ रन बनाएर १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा इंग्ल्याण्डले ४२० रन बनाएर भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । 

जवाफमा भारत २०२ रनमा सीमित भयो र खेल हार्यो । यस खेलमा चौथो दिनको सुरुवातसम्म भारतीय टोली बलियो स्थितिमा थियो, तर अन्तिम दिन इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको थियो । यो खेलमा इंग्ल्याण्ड १९० रनले पछि परेको थियो । 

इंग्ल्याण्डको यो ऐतिहासिक जितका हकदार दोस्रो इनिङ्समा १९६ रन बनाएका ओली पोप र दोस्रो इनिङ्समा सात विकेट लिएका टम हार्टली थिए । घरेलु मैदानमा भएको अन्तिम टेस्टमा भारतीय टोली इंग्ल्याण्डसँग पराजित भएको थियो । 

इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान बेन स्टोक्सको ७० रनका कारण टोली २४६ रन बनाउन सफल भयो । भारतका लागि रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए । 



जवाफमा भारतले ४३६ रन बनाएको थियो । यशस्वी जैसवालले ८० रन, लोकेश राहुलले ८६ र रवीन्द्र जडेजाले ८७ रनको योगदान दिए । इंग्ल्याण्डका लागि जो रुटले ४ विकेट लिए भने हार्टले र रेहानले २–२ विकेट लिए । इंग्ल्याण्डको दोस्रो इनिङ्समा ओली पोपले १९६ र बेन डकेटले ४७ रन बनाएका थिए । 

भारतका बुमराहले चार र अश्विनले तीन विकेट लिए । ४२० रन बनाउन सफल इंग्ल्याण्डको टोलीले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । यसको जवाफमा भारतीय ब्याट्सम्यान पूर्ण रुपमा असफल भए । 



कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । अश्विन र भरतले २८–२८ रन बनाएर टोलीका दोस्रो सर्वाधिक स्कोरर बने । इंग्ल्याण्डका टम हार्टलीले सात विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान पुर्याए ।

भारतको यो चौथो सानो हार हो। यसअघि भारतले सन् १९९९ मा चेन्नईमा पाकिस्तानसँग १२ रनले, १९७७ मा ब्रिसबेनमा अस्ट्रेलियासँग १६ रनले र सन् १९८७ मा बेंगलुरुमा पाकिस्तानसँग हार बेहोरेको थियो । भारतले एक इनिङ्समा ४१० भन्दा बढी रन बनाएर घरेलु मैदानमा टेस्ट म्याच हारेको यो चौथो पटक हो ।

यसअघि सन् २००५ मा बेंगलुरुमा पाकिस्तानसँग भारत ४४९ रन बनाएर पराजित भएको थियो । त्यसैगरी, सन् १९९८ मा बेंगलुरुमा अस्ट्रेलियाविरुद्ध ४२४ रन र १९८५ मा चेन्नईमा इङ्ल्यान्डविरुद्ध ४१२ रन बनाए पनि भारत पराजित भएको थियो। अब पहिलो इनिङ्समा ४३६ रन बनाए पनि भारतले हार बेहोर्नुपरेको छ । 

भारतले १५० रनको अग्रता लिएर पनि टेस्टमा हार बेहोरेको यो दोस्रोपटक हो । यसअघि सन् २०१५ मा गालेमा श्रीलंकाविरुद्ध यस्तो भएको थियो । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि सुरु हुँदै छ ।

  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २२:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया