बागमतीका पूर्वमन्त्री पौडेलको सवारी दुर्घटनामा मृत्यु

बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। कांग्रेस चितवनका नेता पौडेलको बुधबार दिउँसो नवलपुरको गैँडाकोटमा सवारी दुर्घटनामा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पौडेल सवार ना४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग१ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । 

अपराह्न साढे १२ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन लगिएको थियो । दिउँसो १ बजेतिर उपचारका क्रममा उनको निधन भएको हो। 

ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १६:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया