मुगुको खत्याडमा आगलागी : छोरा-छोरीको मृत्यु, आमा बेहोस

मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

खत्याड गाउपालिका–२ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान १ बजेतिर भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।  

मृतकद्वयलाई आमा सरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन् । सरस्वती आगोबाट बच्न सफल भए पनि उनी बेहोस छिन्, दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार एक हल गोरु र दुईवटा गाई पनि मरेका छन् ।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सोमबार बिहान मात्रै आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।

कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाइ भएको स्थानीयले बताएका छन् । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।  





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १४:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया