गौतम बुद्ध क्रिकेट रंगशालाको ७० प्रतिशत बजेट बागमती सरकारले बेहोर्ने

बागमती प्रदेशले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयका अनुसार मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर अलपत्र छाडेको रंगशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो । 

निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँबराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको स्रोत सुनिश्चित गर्ने जनाइएको छ । 

धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । 

यसअघि संघीय सरकारले बागमतीप्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने निश्चित भएको थियो । 
 





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार २०:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया