त्रिवि ग्राउन्डमा सन्दीपको पक्षमा नारा, दुईजना समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय सिरिजको पहिलो खेल जारी रहँदा सन्दीप लामिछानेको पक्षमा नाराबाजी गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा प्रहरीले माहोल शान्त पार्न खोजेको थियो ।

प्रहरी र सन्दीपका समर्थकबीच विवाद भएपछि केही बेर खेल रोकिएको थियो । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेपछि सन्दीप क्यानडाविरुद्धको सिरिजका लागि टिममा छैनन् । 






  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १३:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया