लुम्बिनी प्रदेश : निजामती सेवा नियमावली पारित

लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो ।

राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । 

मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए । उनले राज्यका निजामती कर्मचारीका लागि लागू हुने कानुन र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा सुरु गर्ने तयारी गरिरहेको बताए । 

यसैबीच, ‘राज्यको योजनाका लागि बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय भएको छ । ​





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १९:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया