मधेसका मुख्यमन्त्रीले पाए तेस्रोपटक विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत प्राप्त गरेका छन् । उनले मुख्यमन्त्री भएयता तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । 

मुख्यमन्त्री यादवले सदनमा आज उपस्थित एक सय चार प्रदेशसभा सदस्यमध्ये ६९ मत पाएका हुन् । उनको विपक्षमा ३५ मत परेको छ । मुख्यमन्त्री यादवलाई एमाले र जनमत पार्टीबाहेकका दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको हो । मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी)का सात तथा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रतर्फ एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार २२:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया