बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ गते

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे  बस्ने बताएका छन् । उनले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

सभामुख पाठकले रासससँग आज संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक एवं राष्ट्रिय महत्वको विषयमा कार्यसूची तयार गर्न फागुन १३ गते अपराह्न २  बजे संसद्मा रहेका सत्ता पक्ष र प्रतिपक्ष दल सम्मिलित सर्वदलीय बैठकको आयोजना गरिने भएको जानकारी दिए । 
    
उनले प्रदेशसभाको बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र राष्ट्रिय सरोकारका विषय संसद्को विभिन्न समितिमा छलफलका लागि पठाइएको बताए । विधेयकमाथि छलफल भई प्रतिवेदनका रुपमा तयार भएका विधेयकलाई बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्न फागनु १४ गते दिउँसो १ बजे प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठकको आह्वन गरिएको सभामुख पाठकले जानकारी दिए । 

गत असोज २२ गते बागमती प्रदेशसभाको १२औँ अधिवेशन बैठकले दुई विधेयक पारित गरी गत असोज २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिनको राति १२ बजेदेखि संसद्को १२औँ अधिवेशन अन्त्य गरेका थिए । 





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १९:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया