पाँच हजार भन्दा बढी मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर

गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडतहरूलाई न्याय दिने काम भइरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइरहेको बताएका हुन् । 

उनले तत्कालीन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपिल गर्ने बताए । उनले प्रहरीले पीडितलाई न्याय दिने गरी मेलमिलापको प्रयास गर्ने उनको भनाई छ । त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए । उनले पीडितलाई हर हालतमा न्याय दिने बताए । 

उनले भने, ‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइराखेको छ । तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ । त्यसको निम्ति अहिले हामीसँग कानुन छ । बाँकी रहेका सबै उजुरीहरूलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ । जिल्ला प्रहरी कार्यालयले अब स्वैच्छिक मेलमिलापको निम्ति अपिल गर्छ । पीडितलाई न्याय दिने गरी मेलमिलापको प्रयास गर्छ । त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ ।’  

उनले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताए । उनले पीडितको नाममा खेल नखेल्न आग्रहसमेत गरे । उनले भने, ‘प्रक्रियामा हामी छौँ । त्यस कारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ । म सबैलाई अपिल गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ । हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ । पीडितको नाममा खेल खेल्ने काम नगरौँ । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १७:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया