इन्डोनेसियामा पहिरो : चारको मृत्यु, ६ जना घाइते

इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । 

दक्षिण सुलावेसी प्रकोप न्यूनीकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार बिहान करिब ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए ।

पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ । पहिरोमा १० भन्दा बढी मोटरसाइकल र दुईवटा कार पुरिएको छ । वर्षा याममा इन्डोनेसियामा बाढी र पहिरोजस्ता प्रकोप प्रायः हुने गर्दछ । 





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ११:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया