विकासको बजेट खर्च नहुने समस्या विकराल छ, यसमा सरकारको ध्यानाकर्षण होस् : मायाप्रसाद शर्मा

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताए । उनले देश अहिले आक्रान्त रहेको बताए । उनले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताए । 

उनले भने, ‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु । एउटा यो देशमा राजश्व संकलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ । त्यसकारण यो समस्यको मुख्य चुरो कुरा के हो ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताए । 





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १३:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया