पाँच महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत चारवटा विधेयक दर्ताको तयारी गरेको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आजको बैठकमा सरकारले हिउँदे अधिवेशनमा हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी​ पठाएको पत्र पढेर सुनाउने, मन्त्री परिषदमा कार्यविभाजन हेरफेरसम्बन्धी पत्रसमेत पढेर सुनाउने, दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकको बारेमा पत्र प्राप्त भएको र त्यसबारे सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावित कार्यसूची छ । 

लुम्बिनी प्रदेशसभाको बैठक गत २६ भदौपछि पहिलोपटक बस्न लागेको हो ।





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार ७:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया