इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउन आवश्यक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले दूरसञ्चार प्राधिकरणको टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाई, सस्तो र सरल रूपमा सबै नागरिकको पहुँचमा पुर्‍याउन आग्रह गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २६ औँ वार्षिकोत्सव समारोहमा उनले प्राधिकरणले दिँदै आएको दूरसञ्चार सेवालाई सबै क्षेत्रका नागरिकले सहज र सरल रूपमा पाउन सक्ने वातावरण बनाउन आग्रह गरे । 

उनले सबै प्रकारका सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै लैजानुपर्नेमा जोड दिएर भने, ‘टेलिफोन इन्टरनेट तथा सबै सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै हरेक क्षेत्रका नागरिकले आधारभूत दूरसञ्चार सेवा सहज प्राप्त गर्न सक्ने वातावरण बनाउन म प्राधिकरणलाई आग्रह गर्छु ।’ 

मन्त्री बस्नेतले, दूरसञ्चार प्राधिकरणले सूचना प्रविधिको सेवा क्षेत्र सँगै आर्थिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिँदै गइरहेको उल्लेख गरे । ‘ प्राधिकरणले सूचना प्रविधिमा सेवा क्षेत्रको रूपमा त काम गर्दै आएको छ । अहिले यसले क्रमशः आर्थिक क्षेत्रमा रोजगारीका अवसरहरू पनि सृजना गरिरहेकाले आर्थिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिँदै गइरहेको छ ’ मन्त्री बस्नेतले भने । 

उनले प्राधिकरणको कार्य प्रभावकारी ढङ्गले सम्पादन गर्न जनशक्ति र भौतिक पूर्वाधार पर्याप्त नभएको उल्लेख मात्र गरेनन् सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । 





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १३:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया