झापाको हल्दिबारीबाट दुर्लभ पोथी चित्तलको उद्धार

झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । 

आज बिहान हल्दिबारी–४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । 

वनबाट निस्किएको चित्तललाई कुकुरले लखेटेपछि स्थानीयको घरमा पसेको थियो । स्थानीयले चित्तल समातेर प्रहरी चौकी जलथलमा खबर गरेपछि प्रहरीले जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई उक्त चित्तल सकुशल बुझाएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १५:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया