लयमा फर्किए फेसबुक, इन्स्टाग्राम

झण्डै एक घण्टा बन्द भएका मेटाका प्लेटफर्म पुनः सुचारु भएका छन् । मंगलबार बेलुकी एक्कासि मेटाका यी प्लेटफर्ममा समस्या आउँदा सर्भर डाउन भएको थियो । 

चलिरहेका अकाउन्ट आफैँ लगआउट हुने, पोस्ट नै नहुने, एडिट गर्न समस्या हुने, कमेन्ट सेक्सन लोड भइरहनेजस्ता समस्या देखिएकोमा राति १० बजेर १० मिनेटमा यी प्लेटफर्म पुनः लयमा फर्किएका थिए । 

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रयोगकर्ताले आफूले अकाउन्ट ह्याक भएको आशंका गरी कैयौं पटक पासवर्ड रिसेट गर्दा नभएको, टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि नमिलेको भन्दै गुनासो गरेका थिए ।

मेटाले आधिकारिक रूपमा यी प्लेटफर्म एकाएक किन डाउन भए भन्ने विषयमा कुनै जानकारी दिएको छैन । 

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स सञ्चालनमा समस्या आइरहेको गुनासो गरिरहेका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार २३:२५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया