माओवादीबाट नारायणकाजी परराष्ट्र र वर्षमान अर्थमन्त्री बन्ने
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् । पाँचौँपटक मन्त्री बन्न लागेका श्रेष्ठले दोस्रोपटक परराष्ट्रमन्त्री बन्न लागेका हुन् । 

यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । 

माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री थिए ।  यस्तै, माओवादीबाट उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् ।

पुनले यसअघि २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । उनी पहिलोपटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए ।

यस्तै, पुनले २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।  





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १४:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया