हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

टी-२० आई खेलमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । निर्धारित समयमा हङकङले ६ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल बनायो । 

हङकङका लागि बाबर हायातले विष्फोटक इनिङ खेले । ४९ बलको सामना गरेका हायातले १३ छक्का र ३ चौकाको मद्दतमा ११० रनको शतकीय पारि खेले । उनलाई आकाश चन्दले क्याप्टेन रोहित पौडेलको हातबाट १९ औं ओभरमा पुगेर आउट गराए । 

यस्तै, हङकङका लागि अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले २१ रन जोड्दा कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा शूल्य रनमै आउट भए ।
नेपालका लागि आकाश चन्दले सर्वाधिक तीन विकेट लिदा प्रतिश जिसी र रसिद खानले समान एक ÷एक विकेट लिए ।  

आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दलाई डेब्यू गराएको थियो ।  उनले आफ्नो काविलियत पहिलो मैत्रिपूर्ण खेलमा हङकङको तीन विकेट लिएर सावित पनि गरे ।  चन्दले नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । 

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि आज मैत्रिपूर्ण खेल खेलाइएको हो । नेपाल र हङकङबीच हालसम्म ७ टी–२० आई खेल हुँदा नेपाल ४ खेलमा विजयी र ३ खेलमा पराजित भएको छ । 

त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालको प्लेइङ ११ मा आज रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द छन् । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १३:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया