झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ भिड्दै

छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लब खेल्दै छन् । यी दुई टिमबीचको खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यता, पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ पहिलोपटक फाइनल खेल्न लागेको हो । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पहिलोपटक झापा गोल्डकपमा सहभागी भएको हो । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै फाइनलमा पुग्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । 
 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ९:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया