सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

सहकारी ठगी र सुन तस्करी प्रकरणमा तानिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

उनी शुक्रबार बेलुका धापासीबाट पक्राउ परेका हुन् । गत २ साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएपछि उनी प्रहरीको निगरानीमा थिए । तर, सीआईबीले उनीविरुद्ध गम्भीरतापूर्वक अनुसन्धान नगरी उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सिआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।    

दिपेशले सहकारी ठगीमा पनि उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि उनी तानिएका छन् ।  





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १८:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया