सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्वराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले  जानकारी दिए । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १७:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया