सरकार जोगाउने मुख्यमन्त्री शाहको कसरत : स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न प्रस्ताव

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । सोमबार धनगढी आयोजित एक सार्वजनिक कार्यक्रममै उनले यस्तो प्रस्ताव गरेका हुन् । 

क्याप्टेन वेद उप्रेतीद्वारा लिखित ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री शाहले सो प्रस्ताव गरेका हुन् ।

पुस्तकमाथि चर्चा गर्ने क्रममा मुख्यमन्त्री शाहले आफूहरूको परिकल्पना नै समृद्ध र सुसम्पन्न सुदूरपश्चिम रहेको भन्दै त्यसलाई साकार पार्न आफूलाई साथ सहयोग चाहिएको बताए । पुस्तकको सो भावमाथि स्वतन्त्र सांसद जोशीले मन्तव्य राखेका थिए ।

मुख्यमन्त्री शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको छ । स्वतन्त्र सांसद डा.तारा जोशी र राप्रपाकी सांसद खिमादेवी विष्टले समर्थन गरे मात्रै सरकार बच्छ । सरकारलाई सुविधाजनक बहुमतका लागि २ सिट आवश्यक छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ जना सदस्य रहेका छन् । बहुमतको प्रदेश सरकार गठनका लागि २७ जनाको आवश्यक पर्छ । 

नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार २२:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया