मधेस मन्त्रिपरिषद् विस्तार, एमालेबाट तीन मन्त्री थपिए

मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । शनिबार मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री यादवले नेकपा एमालेबाट तीनजनालाई मन्त्री नियुक्त गरेका हुन् । जसअनुसार गृहमा सञ्चार तथा कानुनमन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामा शत्रुधन सिंह र शिक्षा तथा संस्कृति मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् । 

नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ खुवाएकी छन् । साथै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

यसअघि मधेश सरकारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधारमन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १७:५६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया