श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बंगलादेश दबाबमा

श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा विशाल लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश दबाबमा छ । श्रीलंकाले बंगलादेशलाई ५११ रनको लक्ष्य दिएको थियो । 

तेस्रो दिनको खेल सकिँदा बंगलादेशले ५ विकेट गुमाएर जम्मा ४७ रन बनाएको छ । बंगलादेश अझै ४६४ रनले पछाडि छ भने उसका ५ विकेट बाँकी छन् । क्रिजमा मोमिनुल हक र तेजुल इस्लाम छन् । 

दोस्रो पारिमा मोहमदुल्लाह हसन, लिटन दास र सहदात हुसनेले खाता खोल्न सकेनन् भने जाकिर हसनले १९ तथा कप्तान नजमुल होसेन सान्तोले ६ रन जोडेर पभेलियनको यात्रा तय गरे । 

क्रिजमा अहिले मोमिनल ७ तथा तेजुल इस्लाम ६ रन बनाएर रहेका छन् । यी दुई खेलाडीले सोमबार चौथो दिनको खेल सुरु गर्ने छन् ।

श्रीलंकाका विश्व फर्नान्डोले ३ विकेट लिँदा कसुन रञ्जिथा र लाहेरु कुमाराले एक एक विकेट लिए ।

पहिलो पारिमा २०८ रन बनाएको श्रीलंकाले दोस्रो पारिमा ४१८ रन बनाएर अल आउट भयो । बंगलादेशले भने पहिलो पारिमा जम्मा १८८ रन बनाएको थियो ।



टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारिमा २८० रन बनाएको थियो । श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भा र कामेन्दु मेन्डिसले शतकीय पारि खेल्दै टिमको स्कोर २८० रन पुगाउन महत्वपूर्ण योगदान गरेका थिए ।

पहिलो पारिमा अन्य श्रीलंकन ब्याटर चल्न सकेनन् । बंगलादेशका खलिद अहमद र नहिद रानाले तीन तीन विकेट लिएका थिए ।



बंगलादेशको पहिलो पारि उल्लेख्य भएन । पहिलो पारिमा तेजुल इस्लामलले सर्वाधिक ४७ रन बनाउँदा लिटन दासले दोस्रो धेरै रनको हिसावले २५ रन बनाए । यसैगरी खलिद अहमदले २२ रन बनाएका थिए ।

श्रीलंकाका विश्व फर्नान्डोले चार विकेट लिँदा कसुन रञ्जिता र लहेरु कुमाराले तीन तीन विकेट हात पारेका थिए ।

पहिलो पारिमा श्रीलंकाले ९२ रनको अग्रता लिएको थियो । त्यसपछि दोस्रो पारि ब्याटिङ गरेको श्रीलंकन टोलीले ४१८ रन बनायो । श्रीलंकाका कप्तान धनञ्जय डी सिल्भा र कामेन्दु मेन्डिसले नै दोस्रो पारिमा पनि शतकीय योगदान गरे । 

सिल्भा र मेन्डिस सन् २०१४ पछि एकै टेस्टको लगातार दुई पारिमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् । सन् २०१४ मा भारतीय क्रिकेटर विराट कोहलीले पहिलो र दोस्रो पारिमा शतक प्रहार गरेका थिए । यसैगरी दिमुथ करुणारत्नेले अर्धशतक बनाए ।

कामेन्दूले १६४ रनको पारि खेल्दा सिल्भाले १०८ रन जोडे । यस्तै, करुणारत्नेले ५२ रन जोडेका थिए ।

बंगलादेशका मेहदी हसनले ४ विकेट लिँदा नहिद राना र तेजुल इस्लामले दोस्रो पारिमा दुई दुई विकेट लिए ।

पहिलो पारिमा ९२ रनको अग्रता बनाएको श्रीलंकाले दोस्रो पारिमा ४१८ रन बनाएपछि बंगलादेशलाई ५११ रनको लक्ष्य दिएको छ । श्रीलंकन टोली एक दिवसीय, टी २० र टेस्ट खेल्न बंगलादेश गएको हो । टी २० सिरिज बंगलादेशले जित्दा एक दिवसीय सिरिज श्रीलंकाले जितेको थियो । टेस्ट सिरिज भने २ खेलको रहेको छ । 

  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १८:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया