हाम्रो नेपाली पार्टीले फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हाम्रो नेपाली पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेशमा सो पार्टीको दुई सिट छ । 

सो पार्टीले पत्रमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो । समर्थन फिर्ता लिएको जानकारी बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडा र बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई गराइएको छ । 

यसअघि तत्कालीन सत्तासाझेदार दल कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । 

हाम्रो नेपाली पार्टीले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । मुख्यमन्त्री नपाए प्रतिपक्षमा बस्ने सो पार्टीको अडान छ । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार २३:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया