सुनील ग्रोवर भन्छन्- ‘कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र’

ओटीटी सो ‘द ग्रेट इण्डियन कपिल सो’ को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् ।

उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए ।

‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरूले बाटो बनाउँदै थिए । त्यहीकारण कपिल र मैले टेलिभिजन सामग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौँ’, उनले भनेका छन् ।

सुनिलले अगाडि थपे, ‘त्यो समयमा नेट्फ्लिक्स इण्डियामा नयाँ–नयाँ आएको थियो । त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ ।’

त्यही सोचअनुसार कपिलसँग झगडाको पब्लिक स्टण्ट गरेको उनको दाबी छ । यो सो नेट्फ्लिक्समा ३० मार्चमा प्रसारण हुँदैछ । 
 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ८:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया