साबिक विजेता सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो ।  

खेलको निर्धारित समयमा दुवै क्लबले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटका आधारमा आर्मी २–१ गोल अन्तरले विजयी भयो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे । सगरमाथाका लागि भने दिवाकर चौधरी मात्र गोल गर्न सफल भए । 

बुधबारको खेलमा आर्मीका गोलरक्षक विकेश कुथु ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगितामा आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार ७:३१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया