नेप्सेमा सामान्य अंकले वृद्धि

आज नेप्से सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक ५ दशमलव ७८ अंकले बढेर २०३५ दशमलव ६४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१३ कम्पनीका ५३ हजार ६ सय १९ पटकको कारोबारमा ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३६ अंकले घटेर ३५९ दशमलव ०९ को विन्दुमा पुगेको छ । बिहीबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको भएको छ ।





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १५:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया