सुध्रियो नवाजुद्दीन र आलियाको सम्बन्ध

बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ । सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो । यसपछि उनीहरूबीचको द्वन्द्व निकै समयसम्म चल्यो । उनीहरुले आपसी विवाद लिएर अदालतसम्म पुगे ।

यही बीचमा आलियाले सामाजिक सञ्जालमा नवाजुद्दीनको परिवारलाई लिएर विभिन्न खुलासा गरिन् । उनले नवाजुद्दीनविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएकी थिइन् । उनी आफ्ना सन्तानसँग अलग्गै बस्थिन् । अब भने यो जोडी पुनः एकै ठाउँमा आएको छ ।

हालै आलियाले विवाहको १४ औँ वर्षगाँठ मनाउँदै एउटा पारिवारिक भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन् । यो भिडियो हेरेका धेरैले उनीहरूबीच झगडा साम्य भएको होला भन्ने अनुमान गरेका थिए । आलियाले एक अन्तरवार्तामा आफ्नो जीवनमा धेरै कुराको बदलाव आएको बताउँदै नवाजुद्दीनसँगको सम्बन्धमा सुधार भएको जनाउ दिएकी छन् ।

‘यो दिनमा मेरो जीवनमा धेरै बदलाव भएको छ । मलाई लाग्छ कि मैले विश्वका साथ खराब कुरा मात्र शेयर गरेँ । राम्रो कुरा शेयर गर्न चाहिनँ । मलाई लाग्छ कि जुन राम्रो कुरा हो, त्यो पनि हेर्न पाउनुपर्छ,’ उनले भनेकी छन् ।

उनले अगाडि भनेकी छन्,‘मलाई लाग्छ कि हाम्रो सम्बन्धमा जुन समस्या आए, त्यो जहिल्यै कुनै तेस्रो पक्षका कारणले भयो । तर अब त्यो गलत बुझाई हाम्रो जीवनबाट हटिसकेको छ । हामीले आफ्नो सन्तानको कारण आत्मसमर्पण गरिसक्यौँ । अब जिन्दगीमा अलग रहनुको कुनै विकल्प छैन । किनकि सन्तान पनि ठूला भइसकेका छन् । साथै नवाज शोराको नजिक छ र जे जति भयो त्यो कुराले ऊ निकै चिन्तामा थिई । त्यस कारण हामी अब एकापसमा नलड्ने र शान्तिका साथ बस्ने निर्णय लिएका छौँ ।’

नवाजुद्दीन र आलियाले निकै लामो समयसम्म डेट गरेका थिए । नवाजुद्दीनसँग विवाह गर्नुअघि आलियाको नाम अञ्जली थियो । सन् २००९ मा विवाह गरेका यो जोडीको दुई सन्तान छन् ।





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १७:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया