बागमती सरकार सुरक्षित, हानेपा सरकारमा जाने

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सत्ता संकट तत्कालका लागि टर्ने देखिएकाे छ । प्रदेशमा २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी हुन सहमत भएसँगै सत्ता संकट तत्कालका लागि टर्ने भएको हाे । 

हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य संस्कृति पर्यटन तथा सहकारी मन्त्री हुने भएका छन् । उनले साँझ ६:३० बजे मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

कांग्रेसले समर्थन फिर्ता लिएपछि वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । अन्तत: पार्टी सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुने भएकाे छ । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १७:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया