मानिसलाई घरमै रोक्न ‘भूत’को भेषमा स्वयंसेवक परिचालन

एजेन्सी– इन्डोनेसियामा कोरोना भाइरस संक्रमण फैलिन नदिन अचम्मको शैली प्रयोग गरिएको छ । जहाँ भूत (स्थानीय भाषामा पोकोङ)को भेषमा स्वयंसेवकहरूलाई गस्तीका लागि खटाइएको छ । सरकारले घरबाहिर ननिस्कन गरेको आग्रहलाई सर्वसाधारणले अटेर गरेपछि यस्तो शैली अपनाइएको हो । 

यसरी पोकोङ देखिन थालेपछि विशेषगरी बालबालिका घरबाट बाहिर निस्किन छाडेका छन् । रोयटर्सका अनुसार मानिसहरू सन्ध्याकालीन प्रार्थनापछि बाटोमा भेला भएर हल्ला गरेर बस्न छाडेका छन् । 

नयाँ शैली अपनाएपछि मानिसहरु बाहिर निस्किने क्रममा सुधार आएको र अभियान प्रभावकारी भएको स्थानीय मस्जिदका चौकिदारले बताएको जाकार्ता पोस्टले उल्लेख गरेको छ । गाउँले युवाहरूले स्थानीय प्रहरीसँगको सहकार्यमा गरेर उक्त अभियान थालेका हुन् ।
 
इन्डोनेसियामा हालसम्म करिब ४,५०० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये चार सयको मृत्यु भएको छ । 

तर, कतिपय सञ्चामाध्यमले भने सार्वजनिक भएको तथ्यांकभन्दा निकै खराब रुपमा कोरोना संक्रमण फैलिएको आशंका गरेका छन् ।  





  • प्रकाशित मिति : वैशाख २, २०७७ मंगलबार १५:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया