एलपिएल क्रिकेट : शारदाको दोस्रो जित

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ । 

आइतबार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै धनगढीको शारदाले दोस्रो जित निकालेको हो । संघीय प्रहरी एकाइको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भूषणले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनायो । उसका लागि शेर मल्लले ४३ र कप्तान वीरेन्द्र नाथले ३८ रन बनाए ।

शारदाका कुम्बा देउवाले ३ तथा अभिषेक पाल र सिफ्टेन अन्सारीले २-२ विकेट लिए । विद्या भूषणले दिएको १३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले । उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए । विद्या भूषणका नरेन साउदले ३ विकेट लिए ।

आजको खेलमा शारदा विजयी भएसँगै शारदा र विद्या भूषणको समान ४ अंक भएको छ । भोलि हुने त्रिनगर मावि र लिटल फ्लावरबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । लिटल फ्लावरले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने त्रिनगरले दुवै खेल गुमाएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १८:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया