एलपिएल क्रिक्रेट : लिटल फ्लावर सेमिफाइनलमा

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो । संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लिटलको जितमा नरेन भट्टले ३० रन, मनोज चनाराले १६ र निरज चन्द १३ रन बनाए । त्रिनगरका वसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो । उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए । लिटलका सचिन भट्टले ४, मनोज चुनारा र नरेन भट्टले ३-३ विकेट लिए ।

सोमबार नै भएको दोस्रो खेलमा शारदा विद्या निकेतनले नेक्सस स्कुल काठमाडौँलाई २ विकेटले पराजित गरेको छ । शारदाको जितमा अर्जुन साउदले शतकीय पारी खेले । नेक्ससले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा साउदले ६२ बलमा १२ छक्का र ६ चौकाको मद्दतले अविजित रहँदै ११३ रन बनाएपछि शारदाले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।

साउद म्यान अफ द म्याच चुनिए । नेक्ससका राज बम र सन्दीप पाण्डेले समान २–२ विकेट लिए । यसअघि टस जिते ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । उसका लागि विपिन विक्रम शाहीले ५३ र रमेश बुढाथोकीले ४१ रन बनाए । शारदाका दीपक रोकायाले ३ विकेट लिए । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लागेको छ ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १८:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया