एलपिएल क्रिक्रेट : हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेक्ससले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए । 

१०५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहँदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङ्गो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै मंगलबार भएको पहिलो खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको छ । शारदाले दिएको ११७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४.३ ओभरमा बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल विष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका विकास सुनार र गणेश बहादुरले समान ४–४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११६ रन जोडेको थियो । शारदाका लागि सुदीप रोकायाले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिए । सागर चन्दले २६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन विष्ट र प्रवेश साउदले समान २–२ विकेट लिए ।





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १८:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया