पारसको स्थानमा सन्दीपलाई मौका

त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा अनुभवी खेलाडी पारस खड्काको स्थान युवा ब्याट्सम्यान सन्दीप जोराले लिने भएका छन् ।  

अभ्यासको क्रममा घाइते भएका पारसले सिरिज गुमाउने पक्का भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा बोलाएको हो । 

सन्दीप निकै आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले सन् २०१९ मा युएई विरुद्धको टि-२० डेब्युमै अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए ।

सन्दीप १७ वर्ष १०३ दिनमा अविजित ५३ रनको पारी खेल्दै टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । 

सन्दीपले नेपालका लागि ६ अन्तर्राष्ट्रिय टि-२० खेलेका छन् ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिज डबल राउन्ड रोविनका आधारमा वैशाख ४ देखि ११ सम्म सञ्चालन हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।



प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् ।



  • प्रकाशित मिति : वैशाख ३, २०७८ शुक्रबार १८:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया