श्रीलंका फर्किए मुख्य प्रशिक्षक ह्वाटमोर

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर श्रीलंका फर्किएका छन् ।

कोरोना महामारीको दोस्रो चरणको लहरले क्रिकेटका गतिविधि नहुने भएपछि उनी मंगलबार श्रीलंका फर्किएका हुन् । 

मुख्य प्रशिक्षक नियुक्त भएपछि उनी माघमा नेपाल आएका थिए । उनको प्रशिक्षणमा नेपालले भर्खरै सम्पन्न नेपाल, नेदरल्यान्ड र मलेसियन सम्मिलित त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हात पारेको थियो ।

नेपालले सिरिजको फाइनलमा नेदरल्यान्डमाथि १४२ रनको फराकिलो जित हात पारेको थियो । 

ह्वाटमोर कम्तीमा पनि १ महिनाका लागि श्रीलंका फर्किन लागेको क्यानले बताएको छ । उनी कुनै प्रतियोगिता हुने निश्चित भएपछि मात्र नेपाल फर्कने छन् । 

सन् १९९६ मा श्रीलङ्कालाई विश्वकप जिताएका यी अस्ट्रेलियन प्रशिक्षकका परिवार श्रीलंकामै बस्ने भएकाले उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 





  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १४:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया