एक हजार लिटर अवैध मदिरा नष्ट

काठमाडाै‌‌ं – महानगरीय प्रहरी प्रभाग साँखुले मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । 

शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो ।

लुकाइछिपाइ विभिन्न भाडाका सवारीसाधन तथा मोटरसाइकलमा साँखु हुँदै काठमाडौँ भित्र्याउने क्रममा सो मदिरा बरामद गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । 

सम्बन्धित वडाको वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरिएको हो । बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि महानगरीय प्रहरी प्रभाग साँखुले मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्दै आएको छ ।

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै खनालले प्रतिबन्धित लागुपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह गर्नुभएको छ । 





  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ८:४२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया