नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको १० औं महाधिवेशनबाट सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् ।
पदाधिकारीको आकांक्षासहित चितवन पुगेका पण्डितले पदाधिकारीमा नसमेटिएपछि उनले असन्तुष्टि पोखेका हुन् ।
उनले १० औं अधिवेशनमा विजयी भएकालाई बधाईसमेत दिएका छन् । ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना,’ पण्डितले लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।