इन्डोनेसियामा ज्वालामुखी विष्फाेट हुँदा १३ जनाको मृत्यु, दर्जनौं घाइते

इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फाेट हुँदा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । 

माउन्ट सिमेरुमा ज्वालामुखी विष्फाेट हुँदा मानिसहरूकाे भागदौड मच्चिएको थियो । विष्फाेटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो ।

विष्फाेटमा परी दुई गर्भवती महिलासहित ९८ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । घाइतेहरूकाे उपचार चलिरहेकाे छ ।  

वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’

उद्दार कार्य अहिले पनि जारी नै छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ९:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया