इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा मारिनेको संख्या ३४ पुग्यो

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । 

प्रभावित क्षेत्रबाट करिब ३ हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवनहरु र ध्वस्त भएका सवारीसाधनहरुमा बाँचेका र शवहरू खोज्दै, उद्धारकर्ताहरू खतरनाक परिस्थितिसँग लडिरहेका छन् । खोजी टोलीले मङ्गलबार अपरेसनमा सहयोग गर्न कुकुरहरू तैनाथ गरेका थिए ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए । उनले हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताए । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १७:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया