त्रिकाेणात्मक सिरिज : दीपेन्द्रकाे शतकमा नेपालले दियाे मलेसियालाई २२४ रनकाे लक्ष्य

त्रिकाेणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत जारी खेलमा घरेलु टाेली नेपालले मलेसियासमक्ष २२४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै  २२३ रन बनायाे ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतक र राेहितकुमार पाैडेलले अर्धशतकीय पारी खेले ।

याे टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रकाे पहिलाे शतक तथा राेहितकाे पहिलाे अर्धशतक हाे ।

याे नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा चाैथाे शतक हाे । यसअघि  पारस खड्का,  ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

११० रनमा अविजित रहेका दीपेन्द्रले ५७ बलकाे सामना गर्दै १० चाैका र ६ छक्का प्रहार गरे ।



राेहितले ३४ बलकाे सामना गर्दै ५ चाैकासहित ५१ रन बनाए ।

तेस्रो विकेटका लागि दीपेन्द्र  र राेहितले ९६ रनकाे साझेदारी गरेका थिए ।



चाैथाे विकेटका लागि दिपेन्द्र र आदिल अन्सारीले ५९ रनकाे साझेदारी गरे । आदिल १४ रन बनाएर आउट भए ।

मलेसियाका लागि स्याजरुल इद्रुस, महम्मद वाफिक, पवनदीप सिंह र महम्मद अमिरले १-१ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
 


  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १४:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया