हाम्रो उद्देश्य निर्वाचनमा गठबन्धनलाई स्वाहा बनाउने र एमालेलाई जिताउने हो : लालबाबु पण्डित

नेकपा (एमाले)का नेता लालबाबु पण्डितले आगामी निर्वाचनमा गठबन्धनलाई समाप्त पार्ने एमालेको एउटै उद्देश्य रहेको जिकिर गरेका छन् । 

नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनका आबद्ध दलहरू एमाले सिध्याउने भनेर लागि परेको बताउँदै आफूहरू पनि गठबन्धनलाई समाप्त पारी एमालेलाई जिताउने उद्देश्य राख्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

'अहिले गठबन्धन गरेकाहरू एउटै उद्देश्य नेकपा (एमाले)लाई सिध्याउँछु भन्ने हो । त्यसका लागि हाम्रो उद्देश्य हो– यो निर्वाचनमा गठबन्धनलाई स्वाहा बनाउने र नेकपा एमालेलाई जिताउने' उनले भने ।

पण्डितले कांग्रेसको पछिल्लो लाग्नेहरू कम्युनिस्ट हुनै नसक्ने टिप्पणी गरे । उनले नेकपा एमालेबाहेक अरू कम्युनिस्ट पार्टी नेपालमा छ भनेर बुझ्न नहुने तर्क राखे । आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाउन उच्च मनोबलका साथ मैदानमा होमिनुपर्नेमा उनको जोड छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १९:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया