एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएकाे छ, बाध्यता आइपरे सरकार गठनका लागि पछि हट्दैन : गोकर्ण बिष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएकाले सरकारमा जान नहतािरने बताएका छन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताए।

सरकार गठनका लागि बाध्यता आइपरेमा एमाले पछाडि नहट्ने तर जनमतविपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने उनकाे भनाइ छ । 

एमाले सरकारमा रहे पनि वा प्रतिपक्षमा रहे पनि लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्ने भूमिका निर्वाह गर्ने उनकाे दाबी छ । 

एमालेलाई कमजोर बनाउनकै लागि गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेकाले उनीहरूसँग मिलेर सरकार बनाउने सम्भावना नरहेकाे बिष्टले बताए।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १६:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया