गिरिराजमणिले गरे योगेश भट्टराईको प्रशंसा

माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी पुगेर नेकपा एमालेका योगेश भट्टराईलाई सम्झिएका छन् । काठमाडौं विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित न्याथम कलेज मधेस प्रदेशमा स्थापना गर्न सहयोग गरेको भन्दै पोखरेलले भट्टराईलाई स्मरण गरेका हुन् ।

भट्टराईले पर्यटन मन्त्रालयको नेतृत्व गर्दा यो सम्भव भएको उल्लेख गर्दै पोखरेलले भने, ‘उहाँ नभएको भए मैले मात्र देशकै प्रतिष्ठित कलेज ल्याउन सम्भव हुँदैनथ्यो ।’

ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट पहिलो ब्याचका विद्यार्थीको स्वागत र अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका पोखरेलले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टको स्थपानाले मधेसमा शैक्षिक विकासको अर्को इट्टा थपेको बताए ।

आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा निकै मिहिनेत गरेर न्याथम कलेजको स्थापना गरेको बताउँदै नेता पोखरेलले काठमाडौं विश्वविद्यालययजस्तो प्रतिष्ठित विश्वविद्यालय पहिलोपल्ट मधेसमा स्थपना भएकोप्रति खुसी व्यक्त गरे ।

अध्ययन गरिरहेका र गरिसकेका विद्यार्थी राष्ट्रिय, अन्तराष्ट्रिय बजारमा बिकिरहेको बताउँदै प्रावधिक धारका यस्ता कलेजले नै देशलाई आत्मनिर्भर र सुखी बनाउनेमा  पोखरेलले धाणा राखे ।

पोखरेलले आफू मन्त्री हुँदा नै सिक, पढ र कमाऊ भन्ने अवधारणा अगाडि ल्याएको र सोहीअनुसार प्रावधिक धारका कलेज स्थपना भएको स्मरण गरे ।



निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको उदाहरण दिँदै नेता पोखरेलले भने, ‘अहिले त्यहाँ विद्यार्थी पढ्दै छन् । सिक्दै छन् । अनि कमाउँदै छन् । केही पैसासमेत बचाइरहेका छन् ।’

१९७२ मा एउटा तालिम केन्द्रकोरुपमा स्थपना भएको न्याथम अहिले काठमाडौं विश्वविध्यालयको प्रतिष्ठित अंगको रुपमा विकास भएको छ ।



सांस्कृतिक तथा पर्यटन मन्त्रालयबाट सञ्चालित न्याथमले ब्याचलर इन होटल म्यानेजमेन्ट मात्र होइन, पर्यटन पर्द्धनका लागि जनशक्ति पनि उत्पादन गर्दै आएको छ ।

  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार २०:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया