ऋषिसँगकाे तस्बिर सेयर गर्दै एलिजाले भनिन्– जिन्दगीमा आँधी, हुरी आउँछ तर हाम्राे माया घट्नेवाला छैन

सञ्चारकर्मी ऋषि धमला अहिले चर्चामा छन् । पूर्वगृहमन्त्री रवि लामिछानेले आफूलाई सपाेर्ट नगरेकाे भन्दै विभिन्न मिडिया हाउस सञ्चालकप्रति राेष व्यक्त गरेका थिए । तीमध्ये एउटा नाम हाे, ऋषि धमला ।  

उनै धमलाबाट आफू पीडित भएकाे भन्दै शर्मिला वाइवा नामकी एक महिलाले केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिएपछि धमलाबारे विभिन्न टीकाटिप्पणी भइरहेकाे छ । रविकाे समर्थन गर्दै ती महिलाले ऋषिलाई फसाइदिने धम्की दिएकी छन् । 

यहीबीचमा ऋषिपत्नी अभिनेत्री एलिजा गाैतमले ऋषिलाई 'राेज डे'काे शुभकामना दिँदै जिन्दगीमा आँधी–हुरी आउने, तर आफूहरूकाे मायाप्रेम कहिल्यै नघट्ने बताएकी छिन् । 

ऋषिसँगकाे तस्बिर सेयर गर्दै एलिजाले लेखेकी छन्, 'जिन्दगीमा कहिले आँधी आउँछ, कहिले हुरी आउँछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्नेवाला छैन । सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म हजुरलाई पाउँ भगवानसँग प्रार्थना गर्छु ।'





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १८:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया