फाइजरको नयाँ बाइभ्यालेन्ट खोपको साढे ३ लाख डोज नेपाल आइपुग्यो

कोरोनाभाइरसविरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत सोमबार बिहान नेपाल आइपुगेको सो खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । 

सो खोप बुस्टर डोजको रुपमा प्रयोग गरिने विभागले जनाएको छ । बाइभ्यालेन्ट खोप पहिलोपटक नेपाल भित्र्याइएको हो । यो खोप ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी मानिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको १५ लाख डोज नेपालले पाउनेछ । जसमध्ये तीन लाख ४५ हजार डोज खोप सोमबार नेपाल आइपुगेको हो । बाँकी खोप अब तीन चरणमा नेपाल ल्याइने विभागले जनाएको छ । 
 





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १९:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया