दुजाङ शेर्पालाई हटाउन माग गर्दै सानेपामा नेविसंघ नेताहरूको अनशन

महाधिवेशन सुनिश्चित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट समूहका नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन सुरु गरेका छन् ।

उनीहरूले नेविसंघ सभापतिले म्याद सकिएपछि जारी गरेका चिठी खारेज हुनुपर्ने, म्याद सकिइसकेको सभापतिलाई हटाएर नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने, १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्नेलगायत माग राखेका छन् ।

नेविसंघ बृहत् संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनशन थालिएको हो । अनशनको पहिलो दिन शनिबार निश्चल महर्जन र अनशुल केसी अनशनमा बसेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालेतीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्ने जिम्मेवारीसहित दुजाङ शेर्पालाई नेविसंघको तदर्थ समितिको सभापति बनाएका थिए । कांग्रेस पार्टीको आन्तरिक किचलोका कारण एक वर्ष नाघिसक्दा पनि उनी नेतृत्वको समिति विस्तार हुन सकेको छैन ।





  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार १५:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया